BIZMANDU
www.bizmandu.com

साउदी अरेबियामा बढ्दै विदेशी पर्यटकको संख्या, थपिँदै ३ लाख २० हजार नयाँ ‘होटल रुम’

२०८१ बैशाख १२

साउदी अरेबियामा बढ्दै विदेशी पर्यटकको संख्या, थपिँदै ३ लाख २० हजार नयाँ ‘होटल रुम’
साउदी अरेबियामा बढ्दै विदेशी पर्यटकको संख्या, थपिँदै ३ लाख २० हजार नयाँ ‘होटल रुम’

साउदी अरेबियाले सन् २०३० सम्म ३ लाख २० हजार नयाँ होटल रुम बनाउने योजना अघि सारेको छ। पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गर्दै यो योजना ल्याइएको हो।

Tata
GBIME
Nepal Life

नयाँ होटल रुम मध्ये ६६ प्रतिशत कोठा ‘लक्जरी’, ‘अप्पर अपस्केल’ र ‘अपस्केल’ श्रेणीको हुनेछ। आवश्यकता हेरेर श्रेणी अनुसार कोठाको संख्या थपिनेछ।

सन् २०२३ मा साउदीमा करिब १० करोड आन्तरिक र बाह्य पर्यटक रेकर्ड भएको थियो। जसमा धेरैजना धार्मिक पर्यटक थिए।

होटलले त्यहाँको कूल ग्राहस्थ उत्पादनमा ६ प्रतिशत योगदान पुर्‍याउँछ। यो दशकको अन्त्यसम्ममा होटलको जीडीपीमा योगदानलाई १० प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ।

साउदीमा सन् २०२५ सम्म ३ करोड धार्मिक पर्यटकले भ्रमण गर्ने अनुमान छ। यस्तै, सन् २०३० सम्ममा धार्मिक पर्यटकको संख्या बढेर ५ करोड पुग्ने सरकारी प्रक्षेपण छ। दशकको अन्त्यसम्ममा करिब १५ करोड धार्मिक पर्यटक साउदी आउने अनुमान छ।

सन् २०२२ को तुलनामा सन् २०२३ मा साउदीमा पर्यटकहरुले १३२ प्रतिशत बढी खर्च गरेको पाइएको छ। विदेशी पर्यटकको संख्या पनि सन् २०२३ मा १४२ प्रतिशतले बढडेको छ। बहराइन, कुवेत र इजिप्ट साउदीका लागि ठूलो मार्केट हो।

विदेशी पर्यटकलाई आकर्षित गर्न साउदी सरकारले विभिन्न अभियान संचालन गरिरहेको छ। थिम पार्कसहितका नयाँ र अत्याधुनिक संरचना थपिँदैछ।

यस्तै, साउदीमा सन् २०३० मा वर्ल्ड एक्सपो हुँदैछ। सो वर्ष करिब ४ करोड पर्यटक साउदी पुग्ने अनुमान छ। त्यसैले पनि नयाँ संरचनाहरु थपिन लागिएको हो।