बरुण हाइड्रोले १७ गतेबाट सर्वसाधारणलाई सेयर जारी गर्दै, चार लाख ५२ हजार कित्ता सेयर बिक्री

बिजमाण्डू
२०७१ फागुन ८ गते ००:०० | Feb 20, 2015
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन १७ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका चार लाख ८६ हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो ।
 
कुल सेयरमध्ये कम्पनीले २४ हजार तीन सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । नौ हजार ७२० कित्ता सेयर कर्मचारीले पाउने छन् । बाँकी चार लाख ५१ हजार ९८० कित्ता सेयरका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
 
फागुन २० गते निस्कासन बन्द हुने सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम  एक हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ । कम्पनीको विद्युत उत्पादन केन्द्र शंखुवासभाको जलजला गाविसमा छ । 
 
कम्पनीको कुल सेयरमध्ये ७० प्रतिशत प्रवद्र्धकहरुसँग छ । १० प्रतिशत सेयर प्रभावित क्षेत्रका गाविसवाशीसँग छ । बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागिएको हो । कुल २४ करोड ३० लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको सञ्चालक समिति अध्यक्षमा शैलेन्द्र गुरागाई छन् । 

Tata
GBIME
Nepal Life