काठमाडौं । बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणसँग वास्तविक विवरण तुलना गर्दा अधिकांस बैंकको खुद मुनाफा वास्तविकसँग घटेको छ ।
बिजमाण्डूलाई प्राप्त २२ बाणिज्य बैंकको वास्तविक विवरणसँग अपरिस्कृत विवरण तुलना गरेर हेर्दा उनीहरुको खुद नाफामा घटेको देखिएको हो ।
१३ वटा बाणिज्य बैंकको नाफा घटेको छ भने दुई बाणिज्य बैंकको समान छ । बाँकी बैंकको नाफा वास्तविकमा बढेको छ । नाफा घट्नेमा ग्लोबल आइएमइ, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, सानिमा, सिटिजन्स्, मेगा, सिभिल, हिमालयन, सेञ्चुरी, नेपाल इन्भेष्टमेन्ट, एनबी, बैंक अफ काठमाण्डू र जनता बैंकको नाफा घटेको छ ।
अपरिस्कृतसँग र वास्तविक विवरण तुलना गरेर हेर्दा नेपाल एसबिआइ र एभरेष्ट बैंकको नाफा समान छ । नाफा बढ्नेमा माछापुच्छ्रे, एनआइसी एसिया, नबिल, एनएमबी, कुमारी र कृषि विकास बैंक छन् ।
अपरिस्कृतमा स्ट्यान्डर्ड चार्टर्डको पनि चार प्रतिशतले नाफा घटेको छ । सिद्धार्थ र प्राइमको करिव आठ प्रतिशतले घटेको छ भने बिओकेको २६ प्रतिशतले नै नाफा घटेको छ । एक अर्ब सात लाख नाफा गरेको ग्लोबल आइएमइले बास्तविकमा ९७ करोड ४० लाख रुपैयाँ मात्र नाफा गरेको छ ।
कृषि विकास बेंकको भने ७८ प्रतिशतले नाफा बढेको छ । विलेनियर क्लवमा दर्ता भएको हिमालयन बैंकको अपरिस्कृतमा एक अर्ब १० करोड नाफा छ । लेखा परीक्षणपछि बैंकको नाफा ९५ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।
यो विवरणमा लक्ष्मी, लुम्बिनी, सनराइज, ग्रान्ड र किस्ट (हालको प्रभु) बैंकलाई समेटिएको छैन । दुई सरकारी बैंक पनि यसमा समावेश गरिएको छैन ।











