घटेको ब्रोकर कमिसन दर सिस्टममा इन्ट्रि नभएपछि सेयर कारोबार रोकियो, नेप्सेमा व्रोकरसँग छलफल

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । घटेको ब्रोकर कमिसन दर सिस्टममा इन्ट्रि हुन बाँकी रहेकाले सेयर कारोबार स्थगित भएको छ । आइतबार ११ बजेबाट खुल्नु पर्ने बजार घटेको दर सिस्टममा इन्ट्रि नभएकाले कारोबार स्थगित गर्नु  परेको व्रोकर संघका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले जानकारी दिए ।
 
घटेको दर इन्ट्रि गर्न केही समय लाग्ने उनले बताए । यसका लागि व्रोकरहरुले धितोपत्र वोर्डसँग भर्खरै छलफल सकेको छ भने अहिले नेपाल स्टक एक्सचेन्जमा छलफल चलिरहेको छ ।
 
'प्राविधिक कारणले अहिले कारोबार स्थगित भएको हो' वोर्डका प्रवक्ता निरज गिरिले भने ।
 
नेप्से र व्रोकरहरु घटेको दर समायोजन गरेर सिस्टममा इन्ट्रि गर्ने कार्यमा व्यस्त रहेको सिजापतिले जानकारी दिए । चाँडै कारोवार थाल्न पहल भइरहेको जानकारी दिँदै उनले कारोबार स्थगनको सुचना आउनसक्ने बताए ।