अर्को स्टकको विपक्षमा अभिब्यक्ति दिएका गभर्नरलाई कार्कीको जवाफ- आफ्नो आङको भैँसी हेरौं




काठमाडौं। नेपाल धितोपत्र वोर्ड एउटा मात्र स्टक एक्सचेञ्ज हुँदा प्रतिस्पर्धी नभएकाले अर्को पनि थप्ने  पक्षमा छ। धितोपत्र वोर्डको योजनाको नेपाल स्टक एक्सचेञ्जले त स्वभाविक रुपमा बिरोध गर्नै नै भयो।
तर बित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकका गभर्नरले समेत नेप्सेलाई साथ दिँदै पूँजी बजारको नियामक निकाय बोर्डको विरोध गरिदिए।
 
धितोपत्र बोर्डले गत बिहीबार आफ्नो रजत जयन्तीको अवसर पारेर नेपाल रष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई डाकेको थियो। त्यहाँ उनले भनिदिए- विश्वका धेरै मुलुकमा चालु रहेका स्टक एक्सचेञ्ज मर्ज भइरहेको सन्दर्भमा नेपालमा नयाँ एक्सचेञ्ज चाहिँदैन।
 
एउटा नियामकका हाकिमले अर्को नियामकको ठाडै तेजोबोध गरेको भन्ने हिसाबले धितोपत्र बोर्डले गभर्नरको भनाइलाई बुझ्यो।
 
गभर्नरले बोर्डको विरोध गरेको चार दिन पनि नबित्दै वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले गभर्नर नेपाललाई उत्तर दिने मौका पाइहाले। 
 
सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्टलाई गाभेर एकिकृत कारोबारको उद्घाटन कार्यक्रममा पुगेका गभर्नरलाई लक्षित गरेर कार्कीले भने- नियामक निकायहरुले एकको अर्कोले खोइरो खन्ने काम बन्द गर्नुपर्छ। यसले वित्तीय स्थायित्वमा अप्ठेरो पार्छ।
 
डा. कार्कीले नियामक निकायहरुबीच समन्वय हुन आवश्यक भएको भन्दै सार्वजनिक रुपमा एकले अर्काको खोइरो खन्दा कसैलाई पनि फाइदा नगर्ने बताए। 
 
'सार्वजनिक ठाउँमा अर्काको खोइरो खन्दा आफ्नो धोती पनि फुस्किरहेको छ भन्ने हेक्का राख्नु पर्छ' उनले भने, 'भन्छन् नि आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा पनि देख्ने, हो त्यो काम कुनै पनि नियामक निकायले अर्को नियामकलाई खोइरो खन्नुअघि बुझ्नु जरुरी छ।'
 
उनले एउटा नियामकको नीतिमाथि केही प्रश्न भए अर्को नियामकले त्यसमा आन्तरिक रुपमा छलफल गर्नुपर्ने भन्दै सार्वजनिक कार्यक्रममा खोइरो खन्ने काम बन्द गर्नुपर्ने बताए। 'एउटालाई गाली गर्दा आफूले लिएको नीति अगाडी बढाउन समस्या हुन सक्छ। वित्तीय स्थायित्व कायम गर्न अप्ठेरो पर्न सक्छ।'
 
प्रमुख अतिथि रहेका गभर्नरले भने डा. कार्कीलाई भने जवाफ फर्काएनन्। 


Share this Story

   

अर्को स्टकको विपक्षमा अभिब्यक्ति दिएका गभर्नरलाई कार्कीको जवाफ- आफ्नो आङको भैँसी हेरौं को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.