स्मार्टफोन किन्ने रहर छ, पैसा छैन, चिनियाँ स्मार्टफोन बजारमा

बिजमाण्डू
२०६९ भदौ ६ गते ००:०० | Aug 22, 2012
स्मार्टफोन किन्ने रहर छ, पैसा छैन, चिनियाँ स्मार्टफोन बजारमा

हङकङ । एप्पलका स्मार्टफोन किन्ने रहर छ, पैसा छैन । चिन्ता नलिनुहोस्, चिनिया कम्पनीले एप्पलका भन्दा शक्तिशाली स्र्माटफोन बजारमा ल्याएको छ त्यो पनि आधा मूल्यमा । चीनका स्टिभ जब्स भनेर चिनिने लिउ जुनको कम्पनी जिओमी मोवाइलले एमआई २ नामको मोवाइल बजारमा ल्याएको छ, जुन एप्पलको आइफोन फोर एसभन्दा शक्तिशाली छ ।
मंगलवार चीनमा विक्री सुरु गरिएको दोस्रो पुस्ताको यो मोवाइलको माग यति धेरै थियो कि अनलाइन विक्री खुला गरेको एक मिनेटमै सबै मोवाइल विक्री भैसकेका थिए । एमआई २ का अलावा जिओमी फोन २ र मिलेट फोन २ का नामले समेत चिनिने यो मोवाइल निक्कै साधरण छ भने मोवाइलको क्यास्किङ पनि भिन्न रंगको छ, जुन रंग स्टाइलिस फोन बोक्नेहरुका लागि निक्कै उपयुक्त लाग्छ । पकेट फ्रेण्डली भनेर चर्चा गरिएको यो मोवाइल बोक्न पनि उत्तीकै सहज छ ।
मोवाइलमा क्वालकमको २८ एनएम क्वाड कोर स्न्यापड्रागन एस फोर प्रोसेसर छ, जुन १.५ गिगाहर्जमा उपलब्ध छ । यो प्रोसेसर ग्यालेक्सी एस थ्रीमा प्रयोग गरिएको प्रोसेसरभन्दा पनि शक्तिशाली हो । यो मोवाइलमा २ जीबी ¥याम, १६ जिबि हाड्रडिक्सका साथ उपलब्ध छ, जसले एकै पटकमा मोवाइलमा धेरै काम गर्न सकिन्छ ।
यो मोवाइलमा ग्राफिक्सका लागि एड्रिनो ३२० जिपियु प्रयोग गरिएको छ, जहाँ भिडियो व्लगरहरुका लागि पनि आरामसँग काम गर्न सक्छन् । मोवाइलको अघिल्लो भागमा दुई मेगापिक्सेलको क्यामेरा छ भने पछिल्लो भागमा आठ मेगापिक्सेलको क्यामेरा छ । एमआई २ मा दुई हजार एमएएच व्याट्रि छ भने केही मूल्य थपे त्यसलाई तीन हजार एमएएचसम्म पुर्याउन सकिने सुविधा छ । र यति सुविधा भएको मोवाइलको मूल्य दुई हजार ऐन (२८ हजार रुपैयाँ) मात्र पर्दछ ।

Tata
GBIME
Nepal Life

को हुन् लिउ जुन यो पढ्नुहोस्  (चिनीयाँ स्टिभ जब्स, जसले गरे अर्बैंको आम्दानी)
http://www.bizmandu.com/content/-550.html#.UDRfRqBeP1Q