एनसिसी बैंक मर्ज गर्न अर्को संस्था खोजिँदै, संस्थापकसँग छलफल, एउटै समूहको संस्थासँग मर्ज

बिजमाण्डू
२०७१ साउन १२ गते ००:०० | Jul 28, 2014
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको मर्जर प्रकृया सुरु गरेको छ । सञ्चालक समिति जिम्मा लिएको राष्ट्र बैंकले एनसिसी बैंकको मर्जरका लागि संस्थापक सेयरधनीहरुसँग छलफल नै गरिसकेको छ ।

 
एउटै समूह  प्रबद्र्धक रहेका कम्पनीहरुसँग मर्जर गरिने याेजना छ । पहिलो चरणमा हेर्दा  नेपाल बंगलादेश (एनबी) बैंक र एनसिसीको प्रवद्र्धक एउटै देखिएको छ, अरु पनि संस्था एउटै प्रवद्र्धक रहेको छ कि भनेर हामी हेरिरहेका छौं ।

बैंकको पुँजी बृद्धि योजना यस्तो छ 

Tata
GBIME
Nepal Life

 

‘हामीले सञ्चालक समिति जिम्मा लगाउनुअघि बैंकलाई मर्जरमा लैजाने प्रकृया थाल्नु पर्ने हुन्छ, यसका लागि पहल सुरु भइसकेको छ,’ राष्ट्र बैंकका निर्देशक तथा एनसिसी बैंकका सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, ‘एउटै समूह प्रबद्र्धक रहेको बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर पहिलो प्राथमिकता हुनेछ ।’
 
राष्ट्र बैंकबाट खटिएको सञ्चालक समितिले बैंकको ०.५ प्रतिशतभन्दा वढी संस्थापक सेयर भएका लगानीकर्तासँग मर्जरको बारेमा छलफल गरिसकेको छ । प्रवद्र्धकहरुले राष्ट्र बैंकलाई मर्जरमा जाने बिषयलाई सकारात्मक रुपमा लिँदै प्रकृया अगाडि वढाउन आग्रहसमेत गरिसकेका छन् । 
 
‘अहिले हामी धमाधम बैंकको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन गरिरहेका छौं, सँगसँगै मर्जरको प्रकृया पनि अगाडि वढेको छ,’ उनले भने, ‘मर्जर हुने वातावरण तयार भएपछि बैंकको वास्तविक सञ्चालक समितिलाई बैंक जिम्मा लगाएर हामी फर्कन्छौं ।’
 
उनले एउटै समूह  प्रबद्र्धक रहेका कम्पनीहरुसँग मर्जर गरिने जानकारी दिए । ‘पहिलो चरणमा हेर्दा  नेपाल बंगलादेश (एनबी) बैंक र एनसिसीको प्रवद्र्धक एउटै देखिएको छ,’ उनले भने, ‘अरु पनि संस्था एउटै प्रवद्र्धक रहेको छ कि भनेर हामी हेरिरहेका छौं ।’ उनले एउटै समूह प्रबद्र्धक रहेका संस्थासँग एनसिसीलाई एक बर्षभित्र मर्ज गराइसक्ने जानकारी दिए ।
 
राष्ट्र बैंकले यसअघि पनि एउटै प्रवद्र्धक समूह रहेका फरक संस्थालाई निर्देशन दिएर नै मर्ज गर्न लगाएको थियो । ग्लोबल बैंकसँग आइएमइ फाइनान्सियल इन्स्टिच्युट र एनआइसी बैंकसँग बैंक अफ एसिया नेपाल मर्ज भएको थियो । यसबाहेक अरु संस्था पनि एउटै प्रबद्र्धक रहेका कारण मर्जमा गएका थिए ।
 
बैंकले मर्जरको प्रकृयासँगसँगै आफ्नो पुँजी बृद्धि योजनालाई पनि अगाडि वढाएको छ । बैंकले नाफाबाट ५३ करोड रुपैयाँ बराबरको वोनस सेयर वितरण गर्दै पुँजी दुई अर्ब पुर्‍याउने भएको छ । बार्षिक साधारणसभा हुन नसकेका कारण बैंकले अघिल्लो बर्षको नाफा छुट्याएर राखेको छ । गत आर्थिक बर्षको नफासमते जोड्दा बैंकले करिव ३७ प्रतिशत वोनस सेयर वितरणर गरेर पुँजी दुई अर्ब पुर्‍याउन लागेको हो ।
 
राष्ट्र बैंकले असोजभित्रै दुई आर्थिक बर्षको बार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । बैंकको व्यवस्थापन पनि असोजमै साधारणसभा सक्ने गरी काम गरिरहेको छ । राष्ट्र बैंकले साधारणसभा गर्नु पूर्व बैंकको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गक्ने छ । केही साताभित्रै डिडिए सकिँदै छ ।
 
बैंकको अहिले चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ । असार मसान्तसम्म बैंकले दुई अर्ब पुँजी पुर्‍याउनु पर्ने राष्ट्र बैंकको निर्देशन नै छ । बैंकले दुई अर्ब पुँजी पुर्‍याउन करिव ३७ प्रतिशत वोनस सेयर वितरण गर्नु पर्ने हुन्छ । 
बैंकले गत आर्थिक बर्ष ३७ करोड रुपैयाँभन्दा बढी नाफा गरेको थियो । चालु बर्षको चैतसम्म बैंकले थप १७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । बैंकको जगेडा कोषमा ९८ करोड १७ लाख रुपैयाँ छ । नाफा र जगेडा कोषबाटै बैंकले चुक्ता पुँजी दुई अर्ब पुर्‍याउन सक्छ । 
 
‘पाहोरको नाफाबाटै १६/१७ प्रतिशत वोनस सेयर दिने अवस्था थियो, यसपालीको नाफा पनि थपिने भएकाले दुई अर्ब पुँजी पुर्‍याउन सजिलै सकिन्छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बिजमाण्डूसँग भने, ‘नियमित कारोबारबाट हुने आम्दानीबाटै वोनस सेयर दिन सकिन्छ, यसपाली प्रवद्र्धकसँग आवद्ध कर्जाहरु पनि उठ्न थालेको छ ।’