विदेशका नक्कली सामान सजिलै आउँछ नेपालमा, स्निकर चकलेटको नक्कली स्निपर्स खुलमखुला बिक्री

बिजमाण्डू
२०७५ असोज १० गते १०:२० | Sep 26, 2018
विदेशका नक्कली सामान सजिलै आउँछ नेपालमा, स्निकर चकलेटको नक्कली स्निपर्स खुलमखुला बिक्री


काठमाडौं। चकलेट उत्पादन गर्ने एउटा विश्वप्रसिद्ध अमेरिकी कम्पनी छ, मार्स इन्कर्पोरेटेड। मार्सले थुप्रै ब्राण्डमा सयौं भेराइटीका चकलेट उत्पादन गर्छ र ती चकलेटलाई विश्व बजारमा पुर्याउँछ।

त्यसमध्ये मार्सको एउटा चकलेट ब्राण्ड छ, स्निकर (SNICKERS)। जुन सन् १९३० बाट उत्पादन हुँदै आएको छ। यो चकलेटको र्यापिङ खैरो रङ्गमा छ, रातो घेरा भित्रको सेतो बक्समा नाम (SNICKERS) निलो रङ्गमा   लेखिएको छ। निलो बोल्ड अक्षर भित्र सेतो टेक्सचरहरु छन्। चकलेट बाहिरको खैरो र्यापिङमा बदामका दुई टुक्रा राखिएको छ।

Tata
GBIME
Nepal Life

यो त भयो स्निकरको कथा।

तर बजारमा खैरो रङको र्यापिङमा, रातो घेरा भित्र निलो अक्षरले लेखिएको, निलो अक्षर भित्र सेता टेक्सचर, र्यापिङमा बदामका दुई टुक्रा नै राखेर अर्को एउटा चकलेट पनि नेपाली बजारमा छ। र, त्यो चकलेटको नाम हो स्निपर्स (SNIPERS)। यो चकलेट बङ्गलादेशको प्रान कम्पनीले उत्पादन गर्छ भने नेपालमा सुदिन इन्टरनेशनलले विक्री गर्छ। अन्य देशमा नक्कल गरिएका सामान बिक्री वितरणमा बन्देज छ। तर नेपालमा भने विना कुनै रोकतोक कसरी बिक्री गर्न पाउँछ?

नेपालको वौद्धिक सम्पती सम्बन्धी कानुनमा कुन आधारमा विश्व प्रशिद्ध ब्राण्ड मान्ने भन्ने स्पष्ट व्याख्या छैन। त्यसैको फाइदा उठाउँदै त्यस्ता नक्कली ब्राण्ड विदेशबाट आयात भएर निर्वाध रुपमा बिक्री भइरहेको छ। उद्योग विभागका अनुसार स्निपर्सले पनि त्यही लुपहोलको फाइदा उठाएको हो। तर नेपाल बौद्धिक सम्पत्ति सम्वन्धी अन्तर्राष्ट्रिय कानुनमा समेत अनुबन्ध भएका कारण यसरी विक्रि गर्नु भने गैरकानुनी हो।

नेपाल सन् २००१मानै नेपाल औद्योगिक सम्पत्ति संरक्षण सम्वन्धी पेरिस महासन्धिमा पक्ष बनेको थियो। सन् २००४मा विश्व व्यापार संगठनको सदस्य पाएसँगै यसको अभिन्न अंगको रुपमा रहेको व्यापार सम्वद्ध बौद्धिक सम्पत्ति अधिकार सम्झौंताको समेत पक्षराष्ट्र हो। तर ती कानुन अनुवन्ध भएअनुसार कार्यान्वयन पक्ष भने फितलो छ।पेरिस महासन्धीका अन्य सदस्य मुलुकले कुनै पनि उत्पादनको बजार हिस्सा,उत्पादन मिति र कुन/ कुन देशमा बिक्री भएका छन् भन्ने आधारमा ट्रेडमार्क रक्षा गरेका छन्।

स्निकर विश्वभरी ८० भन्दा बढी देशमा विक्री वितरण हुन्छ भने चकलेट बजारमा करिब ४० प्रतिशत हिस्सा छ। स्निपर्सको उत्पादन सुरु भएको मिति, बजार हिस्सा र कुन देशमा बिक्री हुन्छ भन्ने विषयनै नखुलेकोले नक्कली ट्रेडमार्क राखेर उत्पादन गरिएको उद्योग विभाग स्रोतले बतायो।विभाग स्रोतका अनुसार पीडित पक्षले निवेदन दिएमा उद्योग मन्त्रालयले उस्तै देखिने भिन्न वस्तु भेटाएपछि कारवाही प्रक्रिया सुरु गर्न सकिन्छ।

उनले भने- ‘पीडित पक्षले वजारमा असर पार्ने र उपभोक्तामा भ्रम सिर्जना गर्ने गरि उस्तै वस्तु उत्पादन वा विक्रि गरेको निवेदन दिए उत्पादन र आयात रोक्न प्रक्रिया सुरु हुन्छ।‘ तर नेपालको कानुनले विश्व प्रसिद्ध ब्राण्डका बारेमा ब्याख्या नगरेकोले त्यस्ता ब्राण्ड दर्ता गरेर ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति भने बढ्दो छ।

‘नेपाल पेरिस महासन्धीको पक्ष मुलुक भएकाले नेपालले विश्व प्रशिद्ध ब्राण्डको ट्रेडमार्क नेपालमा दर्ता नभएपनि रक्षा गर्नुपर्छ,’ बौद्धिक सम्पत्ती शाखाका पूर्व निर्देशक दीपक घिमिरेले भने, ‘नेपालको कानुनले भने कसलाई विश्व प्रशिद्ध ब्राण्ड मान्ने भनेर व्याख्या गरेको छैन। पहिला आउनेलाई नै प्राथमिकता दिएर ट्रेडमार्क दिनुपर्ने हुन्छ। यसले बहुराष्ट्रिय कम्पनी नेपाल आउन नसक्ने अवस्था सिर्जना भएको छ।’

कानुन संशोधन नहुँदा विदेशमा नक्कल गरेर उत्पादन गरिएका न्यून गुणस्तरका सामानको डम्पिङ साइट बन्ने खतरा छ भने विदेशी बहुराष्ट्रिय कम्पनी नेपाल भित्रिनै नसक्ने अवस्था पनि आएको छ।

केही समयअघि नेपालकै एउटा व्यवसायिक घरानाले जापानको कन्साई नेरोल्याकको ट्रेडमार्क पहिलेनै दर्ता गर्दा आधिकारिक उद्योग कन्सार्इले ट्रेडमार्क गुमायो। ट्रेडमार्क गुमाएपछि कम्पनीले नाम नै परिवर्तन गरेर केएनपी जापान बनाएको छ।

नक्कली ट्रेडमार्कविरुद्ध बिजमाण्डूको कभरेज

अर्काको कम्पनीको ब्रान्डिङ चोरेर नाफा कमाउने प्रबृत्ति बढ्दो, व्यवसाय गर्नै हैरानी

त्यसको प्रभाव

गोल्डेन ओकको पेटेन्ट चोरेर गोल्डेन इगल उत्पादन भएको पुष्टी, उत्पादन बन्द, २५ हजार जरिवाना

आफ्नो ट्रेडमार्क चोरेको भन्दै गुगलले हाल्यो नेपाली बिरुद्ध मुद्दा

नेरोल्याक 'कब्जा' मा परेपछि जापानी एफडिआइ अफ्ठ्यारोमा