एनसिसी बैंकको वोर्ड संयोजक फेरिए, शिवनाथ पाण्डे नयाँ संयोजक, ४० प्रतिशतसम्म वोनस सेयर दिइने

बिजमाण्डू
२०७१ भदौ २७ गते ००:०० | Sep 12, 2014
काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसिसी बैंकको सञ्चालक समितिको संयोजक परिवर्तन गरेको छ । पहिलेका संयोजक बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकमा वढुवा भएपछि राष्ट्र बैंकले उनको ठाउँमा त्यही विभागका निर्देशकलाई पठाएको छ ।

याे पनि पढ्नुस् :-

Tata
GBIME
Nepal Life

 

यसअघिका संयोजक लक्ष्मीप्रपन्न निरौला थिए । नयाँ संयोजकमा शिवनाथ पाण्डेलाई नियुक्त गरिएको छ । बाँकी दुई सदस्य भने पुरानै हुने छन् ।
दुई सदस्यमा राष्ट्र बैंकका उपनिर्देशक रमेश आचार्य र सहायक निर्देशक रेशमराज रेग्मी  छन् ।
 
एनसिसी बैंकको सञ्चालक समितिमा किचलो देखिएपछि राष्ट्र बैंकले वोर्ड निलम्बन गरी आफूले जिम्मा लिएको थियो । राष्ट्र बैंकले गत माघ २१ गतेदेखि एनसिसी बैंकको वोर्ड जिम्मा लिएको छ । 
 
राष्ट्र बैंकको टिमलाई एनसिसी बैंकको पुँजी दुई अर्ब पुर्याउने र मर्ज गराउने जिम्मेवारी तोकिएको छ । बैंकले दुई आर्थिक बर्षको बार्षिक साधारणसभा गरेको छैन । बैंकले दुई बर्षको साधारणसभा एकै पटक गरेर नाफाबाट पुँजी दुई अर्ब पुर्याउने तयारी गरेको छ । बैंकले ३७ देखि ४० प्रतिशत वोनस सेयर वितरण गर्ने तयारी गरिरहेको छ ।